महिला खेलाडीलाई अझै गाह्रो

पाेखरा | पुस १०, २०७९

महिला खेलाडीलाई अझै गाह्रो

पोखरा:  पोखरामा जारी नेपाल लिटेचर फेस्टिभलको तेस्रो दिन तीन ‘खेलकुद हिजो आज र भोलि’ शीर्षकमा तीन फरक पुस्ताका खेलाडीहरुले आफ्ना अनुभव साटेका छन्। 


सो सत्रमा भूतपूर्व फुटबल खेलाडी रमा सिंहले हिजो, क्रिकेटर शक्ति गौचनले आज र म्याराथन खेलाडी सन्तोषी श्रेष्ठले भोलिको प्रतिनिधित्व गर्दै अनुभव साटेका हुन् ।  


छलफलमा तीनै जना खेलाडीले खेल क्षेत्रमा करिअर बनाउँदा झेल्नु परेको चुनौती साटे।


नेपाली महिला फुटबलकी पहिलो कप्तान रमा सिंहले पुराना समय सम्झँदै भनिन्, ‘२०३९ सालदेखि नेपालमा महिला फुटबलको सुरुवात भएको हो। झन्डै चार वर्ष मैले फुटबल खेलेँ । पहिलो महिला क्याप्टेन पनि बनेँ। यो दौरानमा अन्तर्राष्ट्रिय खेल खेल्ने सौभाग्य मिल्यो।’


नेपाली महिला फुटबल खेलाडी बन्नुलाई संयोग भन्दै उनले भनिन्, ‘हामीले फुटबल संयोगको रुपमा खेल्न थालेका हौं । त्यो बेला फागुन १३ गते शिक्षा दिवस मनाइन्थ्यो। शिक्षा दिवस मनाउने क्रममा इन्टरकलेज भलिबल प्रतियोगिता हुँदा हामी प्रथम भएर पुरस्कार भएका थियौं। पहिलो भएको टिमले डेमोन्स्ट्रेसन खेल खेल्नुपर्छ भनेर पद्मकन्या कलेजबाट रंगशाला लगिएको थियो। त्यो बेला अखिल नेपाल फुटबल संघले महिला फुटबल इन्ट्रडुअस गर्न लागेको रहेछ। उहाँहरुले हामीलाई महिला फुटबलमा सहयोगी हुने हो भने हामी तपाईंहरुलाई दुई महिनाको आधारभूत तालिम उपलब्ध गराउँछौं । त्यसपछि २ वटा समूह बनाएर खेल खेलाउँछौं भन्नु भयौं। त्यसपछि नियमित तालिम दिन्छौं भनेको भएर भलिबल खेल्न तीन चार जना हामी फुटबलतर्फ आकर्षित भयौं।’ 


झन्डै चारदशकअघि फुटबल खेल्नु महिलाका लागि सजिलो थिएन। परिवार, समाज र दर्शकबाट समेत नकारात्मक टिप्पणी सुन्नु परेको सिंहको अनुभव छ। 


‘मेरो बुबाले मलाई फुटबल खेल्ने हो भने खेल तर फुटबल खेलेर पढाइ बिगार्यो भने खेल्न पाइन्न भन्ने सर्त राख्नुभएको थियो,’ उनले भनिन्, ‘ फुटबल खेल्ने त भनियो । भलिबल ट्रायक सुट लगाएर खेल्दा हुन्थ्यो तर फुटबल ट्रायक सुट लगाएर खेल्न नियमले दिँदैन। हामीलाई हाफ प्यान्ट लगाएर रंगशालामा फुटबल खेल्दा रंगशालाको प्याराफिटबाट कोही दर्शकले त राम्रै प्रोत्साहन गर्ने गरी हुटिंग गर्नुहुन्थ्यो । कोही दर्शकहरुले कस्तो अश्लिल शब्द प्रयोग गरेर पनि हुटिंग गर्नुहुन्थ्यो। दर्शकअनुसारको मानसिकता हो।’


गोल्डेन गर्ल उपमा पाएकी धावक सन्तोषी श्रेष्ठले आफूले रमा सिंहजस्तो समस्या भोग्नु नपरे पनि त्यसलाई रिलेट गरेको बताइन्। 


‘सुरुको चरण मेरा लागि पनि गाह्रै थियो। महिला भएर खेल्नु, झन् कुद्ने खेल भएपछि स्वास्थ्यलगायत अरु समस्या आउँछन्। बिहे हुँदैन भन्ने खालका कुरा पनि आउँथे,’ उनले भनिन्, ‘बिस्तारै मैले राम्रो रिजल्ट दिन थालेपछि बल्ल सहज भयो। अहिले खेलकुद पत्रकारले हाम्रो खेलकुद र महिला खेलाडीलाई उजागर गर्न महत्वपूर्ण भूमिका खेलिराख्नुभएको छ।’ 


उनले अग्रज महिला खेलाडीलाई दर्शकबाट निरुत्साहन हुने र पहिरनबारे टिप्पणी गर्ने कुरा भने आफूले भोग्नु नपरेको बताइन्। 


‘अहिलेको दर्शकबाट चिअर अप बढी भइरहेको छ। लक्की नै भन्नु पर्छ। पहिरनको अवरोध पनि हाम्रो बेलामा छैन,’ उनले भनिन्।


कार्यक्रममा शक्ति गौचनले पुरुष खेलाडीको अनुभव सुनाए जुन महिला खेलाडीभन्दा भिन्न थियो। तर दुःख उनले पनि भोगेका रहेछन्। ‘उनले म अन्डर १७ को क्याम्पमा हुँदा आधा गिलाँस दुध, आधा पाउरोटी खाएर ट्रेनिङमा जान्थ्यौं। कहिले त खाली पेट नै बस्नु पथ्र्याे । चिसो खाना खानु पर्ने हुन्थ्यो । यो अवस्था झण्डै २००८ सम्म भोगेका थियौं । त्यसपछि बिस्तारै खेलको स्तर पनि बढ्दै गयो । त्यसपछि २०१४ वल्र्डकप खेल्यौं।’ 


अहिले नेपाली क्रिकेटले फलामदेखि सुनसम्मको यात्रा तय गरेको उनले १० वर्ष अघिको भोगाइ अहिलेको खेलाडी भोग्नु नपर्ने बताए।


तर छलफलका सहभागी महिला खेलाडीद्वयले भने गौचनभन्दा फरक विचार व्यक्त गरे। सिंहले भनिन्, ‘मेरो छोरी पनि नेपालमा भएको भए र छोरीले म फुटबल खेल्न जान्छु भन्यो भने हँ भनेजस्तो हुन्छ जस्तो लाग्छ अहिले पनि। हाम्रो देशमा खेलेर जीवन निर्वाह गर्ने अवस्था छैन । मेरो बेलामा झन गाह्रो थियो।’ 
धावक सन्तोषीको भनाइ पनि उस्तै छ, ‘आर्थिक र लाइफ सेटल कसरी गर्ने भन्ने कुराको चुनौती छ।’  

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ ।   ...

थप पढ्नुहोस्

काठमाडौं:    सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन १२ हजार ५ सय रुपैयाँ घटेको थियो ।   नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितो...

थप पढ्नुहोस्

म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ ।   उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ ।   हत्य...

थप पढ्नुहोस्